Section 10
भ्रमपूर्ण विज्ञापन गर्न नहुने
: कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले प्रतिस्पर्धालाई नियन्त्रण वा सीमित गर्ने उद्देश्यले भ्रमपूर्ण विज्ञापन गर्न गराउन हुँदैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै व्यक्ति वा प्रतिष्ठानले देहायको कुनै काम गरेमा भ्रमपूर्ण विज्ञापन गरेको मानिनेछ ः-
(क) वस्तु वा सेवाको वास्तविक गुण, परिमाण वा मूल्यभन्दा फरक हुने गरी भ्रमपूर्ण वा झुट्टा विवरण दिई विज्ञापन गरेमा,
(ख) वस्तु वा सेवाको वारेण्टी, फाइदा, गुण वा आयु सम्बन्धी झुट्टा वा भ्रमपूर्ण विज्ञापन गरी बजार प्रवद्र्घन गरेमा,
(ग) कुनै व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको वस्तु वा सेवाको बजारलाई प्रतिकूल हुने वा त्यस्तो वस्तु वा सेवाका विरुद्ध झुट्टा वा भ्रमपूर्ण विज्ञापन गरेमा,
(घ) विज्ञापनमा उल्लेख गरिएको मूल्यभन्दा बढी हुने गरी वस्तु वा सेवाको बिक्री वितरण गरेमा ।